सरकार विरुद्ध विपक्षीसँग मोर्चाबन्दी गर्दै काँग्रेस 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षी दलसँगको मोर्चाबन्दी बढाएको छ । यसअन्तर्गत उसले जनता समाजवादी पार्टी (जसपा) सँग हिजो छलफल गर्दै संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग संयुक्त रूपमा माग गरेको छ ।

Sayalb

काँग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेको हो । गत बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले पनि संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

काँग्रेसकै प्रस्ताव अनुसार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल नेता डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए । साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएको जसपाका नेता राजेन्द्र महतोले बताउनुभयो ।

Shaileshwori
Loading...