नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला इकाई द्वारा सदरमुकाम चैनपुरमा सरसफाई कार्यक्रम

शिवजी मण्डेल /बझाङ
नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला इकाई र जय पृथ्वी नगरपालिकाको सहकार्यमा आज सदरमुकाम चैनपुरमा एक दिने पहिलो सरसफाइ कार्यक्रम गरेको छ । नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला इकाई अध्यक्ष सबिता जोशीको अध्यक्षतामा र जय पृथ्वी नगरपालिका वडा नं १० का वडा सदस्य फकिर रोकायाको प्रमुख अथित्य्यमा उक्त कार्यक्रम सम्पन्न भएको सचिव बिकाश बिष्टले बताए ।

Sayalb

सदरमुकाम चैनपुर बजारमा फोहोर बढी रहेकोले एक दिने सरसफाइ अभियान कार्यक्रम गरेको अध्यक्ष जोशीले बताइन् ।
सरसफाइ गर्दा हातमा लगाउन ग्लोप्स आवश्यक पर्ने भएकोले डा योगेन्द्र खातीले हस्तान्तरण गरेको बताइएको छ ।

विशेष गरेर यस कार्यक्रमले दिगो विकासको लक्ष्य पूरा गर्नमा टेवा पुग्ने प्रमुख सल्लाहकार सन्जिता धामीले बताउनु भयो ।
आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम बझाङका विभिन्न स्थानीय तह सङ्ग समन्वय गरि सञ्चालन गर्ने सक्रिय सदस्य सन्तोषी रावल बताएकी छन् ।

Shaileshwori
Loading...