आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

Sagan sahari bhawan nirman aayojana

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। यसअघि काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–नेपाल समूहले सरकारको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विघटन भइसकेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको संघर्ष समितिले शनिबार छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए।

संघर्ष समितिको बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्दैछ।

Shaileshwori
Loading...