प्रचण्ड–माधव समूहको अर्को निर्णय : गण्डकी र लुम्बिनीका इन्चार्ज हटाइए

काठमाडौं: नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशको इन्जार्जको भूमिकामा हेरफेर गरेको छ। स्थायी समिटी सदस्य देव गुरुङका अनुसार मुख्यमन्त्रीसमेत रहेका दुवै प्रदेश इन्जार्जलाई हटाइएको हो।

Sayalb

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल दुवै केपी ओलीनिकट हुन्। प्रचण्ड–नेपाल पक्षले गुरुङको ठाउँमा युवराज ज्ञवालीलाई जिम्मेवारी सुम्पिएको छ भने पोखेरलेको ठाउँमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै आजैको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको कदमप्रतिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ। कोटेश्वरको पेरिसडाँडामा बसेको बैठकले यसअघि गरेको सरकारविरुद्धको आन्दोलनको विषयमा समेत समीक्षा गरेको छ।

Shaileshwori
Loading...