सेनाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं : नेपाली सेनाको गाडीले ठक्कर दिँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ। नेपाली सेनाको सूर्य दल गण, बिराटनगरबाट अदली बदलीका लागि निस्किएको गाडीले सप्तरीमा मोटरसाइकललाई ठक्कर दिएको हाे।
घटनामा स ५ प ५०७६ नम्बरको मोटरसाइकलका चालक सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ बस्ने ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारुको मृत्यु भएको छ।
सैनिक गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।