के आइ सिंह गाउँपालिकामा छाउपढी प्रथा उन्मूलन कार्यविधि सम्बन्धी सुझाब संकलन

डोटी: के आइ सिंह गाउँ पालिकामा छाउपढी प्रथा उन्मूलन सम्बन्धि कार्यविधि सम्बन्धी सुझाब संकलन गरेको छ।

आज केआइ सिंह गाउँ पालिका को आयोजनामा एक्सन एड नेपाल र सम बिकास केन्द्र डिटीको सहजिकरण मा गाउँपालीकाको हलमा सरोकारवाला संग छलफल गरेको हो ।

Sayalb

उक्त छलफल मा बढी भन्दा बढी महिला लक्षित कार्यक्रम गाउँ पालीका ले ल्याउनु पर्ने,जनचेतना मुलुक कार्यक्रम मा लगानि गर्नु पर्ने। स्थानीय पाठ्यक्रम मा नै छाउपडी सम्बन्धी राख्नु पर्ने ।महिला लक्षित कार्यक्रम मा महिलाको संयोजकत्वमा समिति बनाउनु पर्ने लगायतका सुझाब उठेका थिए।अझै पनि महिनावारी हुदा गाइ गोठमा सुत्ने गरेको दहि दुधलगायत खाने कुरामा बन्दरज गरेको र सार्बजनिक कार्यक्रममा जान मनाहि लगायतका समस्या रहेकाले यस्ता कुरीति बिरुद्ध महिलालाई नै बढी शिक्षा दिनु पर्ने सहभागी हरुले बताएका थिए।

स्थानीय कारले गाउँ पालीका मा कुरीतिका रूपमा विद्यमान छाउपडी प्रथा मान्ने र प्रश्रय दिने जोकसैलाप पनि जनप्रतिनिधि तथा सरकारी कर्मचारीले पाउने सेवा–सुविधा कटौती गर्ने गरी छाउपडी प्रथा उन्मूलन नीति ल्याउने गाउँ पालीका का अध्यक्ष लोकेन्द्र साहीले बताउनुभयो।कार्य बिधि कार्यान्वयन र ततकालै‌लागु गर्ने बताउनुभयो।

 

उक्त कार्यक्रम मा गाउँ पालिका का अध्यक्ष लोकेन्द्र साही, उपाध्यक्ष मिना बिष्ट, फिल्ड संयोजक मिना आउजि,सबै वडाका अध्यक्ष,बिषयगत साखाका प्रमुख स्थानिय लगायतको सहभागिता रहेको थियो।

Shaileshwori
Loading...