खोप खरिद प्रक्रिया पारदर्शी हुने स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ 

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताउनुभएको छ । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभयो । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उहाँले जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्ने बताउनुभयो ।

Sayalb

आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उहाँले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको पनि बताउनुभयो । खोप छिटोभन्दा छिटो अरु सरह नै ल्याउने प्रयास भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । खोपका लागि १६ हजार खोप केन्द्र बनाइने छ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

Shaileshwori
Loading...