राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता 

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । आईतवार बिहान शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

Sayalb

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता बाक्लो हुँदै आएको छ । भेटमा राजनीतिक विषयमै छलफल भएको बताइएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा यिनै समसामयिक विषयमा करिब दुई घण्टासम्म छलफल भएको छ । 

Shaileshwori
Loading...