कैलालीमा रोकेको ट्रकमा अटो ठोक्किएर दुर्घटना, २ जना घाइते

Sayalb

धनगढीः कैलालीमा रोकेको ट्रकमा अटो रिक्सा ठोक्किएर भएको दुर्घटनामा परेर २ जना घाइते भएका छन।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल नजिकै सडकमा रोकेको से १ ख ९२३ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५९३ नम्बरको अटो ठोक्किदा चालकसहित २ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि अटो रिक्सा चालक घोडाघोडी नगरपालिका- ८ का गगन बोहरा र अटोमा सवार सोही ठाउँका लालबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।

उनका अनुसार दुवै जनालाइ उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Shaileshwori
Loading...