चुनावको सुरक्षाका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गर्ने 

सरकारले आगामी वैशाखमा निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गने प्रक्रिया सुरु गरेको छ । वैशाख १७ र २७ गते दुई चरणमा गर्ने भनेर घोषित निर्वाचनका लागि एक लाख म्यादी प्रहरी थप्नुपर्ने गृह मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार नेपाल प्रहरीले भर्ना प्रक्रिया सुरु गरेको हो ।

Sayalb

२०७४ सालमा भएको पछिल्लो प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा ९८ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन आयोगले मतदान केन्द्र तोक्ने काम सकेपछि आवश्यक सुरक्षा जनशक्तिको विषयमा बताउन सकिने भएपनि एक लाखको हाराहारीमा म्यादी प्रहरी थप्नै पर्ने विगतको अनुभवअनुसार प्रक्रिया सुरु गरेको बताउनुभयो । मतदान केन्द्र तोकिसकेपछि प्रत्येक केन्द्रको सुरक्षा अवस्था मुल्याङ्कन गरेर त्यसलाई वर्गीकरण गरिने उहाँले बताउनुभयो ।

वर्गीकरणमा सामान्य, संवेदनसिल र अति संवेदनसिल गरी तीन समूहमा मतदान केन्द्रलाई छुट्याइन्छ । त्यसपछि वर्गीकरणअनुसार प्रत्येक केन्द्रमा सुरक्षाकर्मी परिचालित गरिने छ । यसपटकको निर्वाचनमा प्रदेशसभा समावेश नभएकाले सुरक्षा तथा अन्य व्यवस्थापनमा २०७४ सालको भन्दा सजिलो हुने सचिव न्यौपानेले बताउनुभयो ।

Shaileshwori
Loading...