सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

काठमाडौं- सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

 

Sayalb

दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले दिएको जानकारी अनुसार राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

बस दुर्घटना के कती कारणले भएको हो भन्ने खुलेको छैन ।

Shaileshwori
Loading...