डोटीमा सेनेटरी प्याड उत्पादन सुरु

तेजु ओलि /डोटी
डोटी मा पहिलो पटक सेनेटरी प्याड उत्पादन गर्न थालिएको छ । जिल्लाको सदरमुकाम मा रहेको दिपायल सिलगढी नगरपालिका–वडा न ६ सिलगढी मा सेनेटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको हो । पछिल्लो समय जनचेतना वृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएका छ ।
डोटी जिल्लामा छाउपडी को अबस्था र महिलाहरुको आर्थिक आत्मनिर्भर होस भन्ने उदेश्यले प्याड उद्योग सञ्चालन गरिएको शैलेस्वरी महिला समुह का सञ्चालक सारदा भट्ट ले बताउनुभयो ।

करिब ११ लाख ५० हजार रुपैयाँबराबरको लागतमा उद्योग सञ्चालन गरेको बताइएको छ । उद्योगमा अहिले ३ जना कर्मचारीले पहिलो पटक ११जना लाइ तालिम दिन सुरु गरको बताइएको छ । यहाँ उत्पादित प्याड डोटी जिल्लाभरी सँगै छिमेकी जिल्लाहरूमा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादन मा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई ले बताउनुभयो ।

Sayalb

सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याडभन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो हुने जिल्ला समन्वय समितिका उपसंयोजक ससी सोप ले बताउनुभयो।अझै पनि जिल्लाको ग्रामिण भेगका किशोरी तथा महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ, सफा नभएको, नधोएको, घाममा नसुकाएको प्याडको प्रयोग गर्नुहुन्छ, जसले गर्दा विभिन्न संक्रमण देखा पर्दछ, उपचारको लागी हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ,“सेनेटरी प्याड किन्दा केही महँगो पर्दछ्, तर स्वास्थ्यमा केही समस्या आउँदैन्, प्रयोग गर्ने सजिलो पनि हुन्छ ।”

सोमबार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय ब्यापार प्रबन्ध केन्द्र को आर्थिक सहयोग मा र शैलेस्वरी महिला समुह को सहजिकरण मा उक्त मेसिन जडान गरिएको हो।आयोजित सेनेटरी प्याड उद्योगको उद्घाटन प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, जिल्ला समन्वय समितिका उपसंयोजक ससी सोप, जिल्ला प्रहरी कार्यालय डोटी का प्रमुख दान बहादुर मल्ल, सरोकारवाला महिला लगायत स्थानीय को सहभागिता रहेको थियो।

Shaileshwori
Bolpatra
Loading...