सुदुरपश्चिमेलि नेपाली समाज भारत तामिलनाडु राज्य समितिको अधिवेशन सम्पन्न : अध्यक्षमा खड्का सर्बसम्मत चयन 

Sayalb

प्रेम नेपाली/डोटी 
सुदुरपश्चिमेलि नेपाली समाज भारत तामिलनाडु राज्य समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो वार्षीकउत्सवको अवसरमा दोस्रो राज्य अधिवेशन भब्यताका साथ सम्पन्न भएको नब गठित समितिका सचीव कमल परियारले जानकारी दिए ।
आईतवार भारतको चेन्नैमा भएको अधिवेसनबाट अध्यक्षमा टेक बहादुर खड्का, बरिस्ठ उपाध्यक्षमा भिम रसायली, उपाध्यक्षहरुमा भिम खडायत, बहादुर बोगटी, कृष्ण पुजारा, सचीवमा कमल परियार, सह-सचीवमा मान बहादुर खड्का, कोषाध्यक्ष इन्द्र बहादुर रोकाया, सह-कोषाध्यक्षमा ओम प्रकाश ओझा र अन्य सदस्य गरि जम्मा २५ जनाको कार्य समिति सर्बसम्मत चयन गरिएको सचीव परियारले जानकारी दिए ।
समितिको काम कार्वाही अझै प्रभाकारी मनाउनको लागि तेज तिखातरिको संयोजकत्वमा ४ सदस्यीय कलासस्कृती बिभाग पनि गठन गरिएको छ ।
अङ्ग्रेजी वर्षको २०१७ सालमा स्थापना गरिएको उक्त समिती भारत तथा अन्य ठाउँमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग तथा उद्धार गर्ने उदेश्य बोकेर निरन्तर रूपमा स्वदेश तथा बिदेशमा अलपत्र र अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । सुदुरपश्चिमेलि नेपाली समाजले अन्य देशहरुमा समेत शाखा बिस्तार गरेर आफ्ना गतिविधिहरु अगाडि बढाई रहेकोछ ।

Shaileshwori
Loading...