सम बिकास केन्द्रको अध्यक्षमा बिसी चयन

Sayalb

डोटी जिल्लाको अग्रेणी संस्था सम बिकास केन्द्र (ईडिसी) नेपालको अध्यक्ष पदमा अध्यक्ष अधिराज बिसी चयन भएका छन । जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न २३ औँ साधारण सभाबाट बिसी अध्यक्षमा चयन भएका छन् ।
समितिको उपाध्यक्षमा रश्मी गहतराज, सचिब बबीकुमार बिसी कोषाअध्यक्ष जयबहादर शाही र सदस्यहरुमा यज्ञबहादुर पार्की, सरला देवल, नितु सिजावती र नरेश कुमार बागचन, मनिसा मिजार चयन भएका हुन ।
बिशेषगरी दलित अधिकारका क्षेत्रमा लामो समय देखी काम गर्दै आएको उक्त संस्था शिक्षा, स्वास्थ्य कृर्षि तथा जिबिकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाको २३ औँ साधारणसभाबाट संस्थाको बिधान शंसोधन, संस्थागत संरचनामा परिर्बतन, संस्थाको सञ्चालनका नितीहरुमा सुधार, भाबी निती तथा कार्यक्रम पास गर्नुका साथै आन्तरिक शुसासन कायम गर्दै युवा परिचालनमा बिशेष जोड दिने योजना रहेको संस्थाका नब निर्वाचित अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

Shaileshwori
Loading...