बन्दका कारण डोटी सुनशास


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहले गरेको बन्दका कारण डोटी जिल्लाका लामो तथा छोटो दुरीका यातायात तथा बजार पुर्ण रुपमा बन्द भएका छन् । डोटी जिल्लाका मूख्य बजारहरु पिपल्ला, दिपायल, सिलगढी पुर्ण रुपमा ठप्प भएका छन भने शैक्षिक संस्था बन्द रहेका छन् ।
प्रचण्ड– नेपाल समुहका कार्यकर्ताले बन्द आब्हान गर्दै बजारका मूख्य चोकहरुमा जम्मा भएका छन । बन्दको आब्हानका कारण ग्रामिण क्षेत्रमा सञ्चालन हुने यातायातका साधनहरु प्नि प्रभाबित भएका छन ।
सर्बोच्च अदालतमा मुद्धा जारी रहेको अबस्थामा संबैधानिक नियुक्ती गरेका ब्यक्तीहरुलाई पदभार ग्रहण गराएको भन्दै प्रचण्ड– नेपाल समुहले देशभर बन्दको आब्हान गरेको हो ।
प्रतिगामी कमद नसच्चीसम्म शसक्त प्रतिवाद गर्न आबश्यक रहेकाले बन्दको आब्हान गरेको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले बताए ।
