बोगटानमा नयाँ शैक्षिकसत्र बाट स्थानीय पाठ्यक्रम लागु हुने
तेजु ओली : बोगटान फुड्सिल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निमार्ण गर्ने भएको छ । गाउँपालीकाका सम्पूर्ण बिध्यालयका प्रध्यानाध्यापक शिक्षाका बिज्ञको सहभागितामा गाउँपालिकाले स्थानिय पाठ्यक्रम तयार गर्नका लागी छलफल गरेको छ ।
स्थानीय पाठ्यक्रमका बिषयमा गाउँपालीकामा एकदिने कार्यशाला गोष्ठी आयोजना गरी छलफल गरिएको हो । पाठ्यक्रम आफ्नो स्थानिय भाषा शैली भेसभुषा परम्परालाइ समेटिएर तयार पारिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बमले जानकारी दिईन ।
नयाँ शैक्षिकसत्रमा स्थानीय पाठ्यक्रम लागु गर्नेगरी काम भईरहेको गाउँपालिकाले जानकारी दिएको छ । पहिलो चरणमा यो पाठ्यक्रम आधारभुत बिद्यालयमा लागु हुने छ ।
बोगटान फुड्सिल गाउँपालिकामा मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कलाकौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक ज्ञान, स्वास्थ्य र सरसफार्ई, रहनशहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको शिक्षा बिज्ञ भिम पनेरुले बताउनु भयो ।