मोहन स्मृति भलिबल प्रतियोगितामा वडा नं. २ दिपायल प्रथम

Sayalb

लोकेन्द्र कठायत :  मोहन स्मृति भलिबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका वडा नम्वर २ प्रथम भएको छ । हिजोबाट सुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । प्रथम हुदै दिपायल सिलगढी नगरपालिका वडा नम्वर २ को टिमले नगत रु १५ हजार र प्रमाण पत्र हात पारेको छ । त्यस्तै कुमालीकोट माद्यामीक विद्यालयको टिम दोस्रो भएको छ । उसले नगत रु ५ हजार र प्रमाणपत्र हात पारेको छ । स्वगिय मोहन कठायतको सम्झनामा कुमालीकोट युवा क्लब (केवाईसि) ले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन अछाम जिल्ला अदालतका रजिष्ट्रार इन्द्र कठायत, दिपायल सिलगढी नगरपालिका ४ का वडा अध्यक्ष बिरेन्द्र साह र दिपायल सिलगढी नगरपालिका २ का वडा अध्यक्ष राजेन्द्र खडकाले गर्नु भएको थियो । कुमालीकोट माद्यामीक विद्यालयमा सम्पन्न भएको भलिबल प्रतियोगितामा ७ टिमको सहभागीता रहेको थियो ।

Shaileshwori
Loading...