बैतडीकी किशोरीको हत्याका दोषीलाई कारबाही गर्न अनेमसंघ डोटीको माग

डोटी : अखिल नेपाल महिला संघ डोटीले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाउदै अनेमसंघ डोटीले भट्टको हत्या प्रकरणमा आफ्नो घम्भिर ध्यानाकर्षण भएको बताएको छ । गत बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बेलुकी ५ बजेतिर स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
त्यस्तै गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रिको प्रतिगामी कदम विरुद्ध आपत्ति जनाएको छ । प्रधानमन्त्रिलाई उक्त प्रतिगामी कदम फिर्ता लिन पनि अखिल नेपाल महिला संघ डोटीले आग्रह गरेको छ । “हामी अझै पनि तपाईलाई आफ्नो असंवैधानिक कदम प्रति पश्चातापका साथ राष्ट्र र जनता सामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सुचारु गरि संविधानलाई कृयाशिल बनाउने पक्षमा आउन अविलम्व अनुरोध गर्दर्छौ” ज्ञापना पत्रमा भनिएको छ ।

नेपालको संविधानको रक्षा गर्न वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारका प्रतिगामी षड्यन्त्रलाई असफल पार्न त्यसको लागि जस्तो सुकै संघर्ष गर्न नेपाली महिलाहरु सक्षम रहेको पनि अनेमसंघ डोटीले बताएको छ ।
