डोटीमा विद्यालयमै पुगेर सचेतना दिदैँ : प्रहरी

तेजु ओलि /डोटी
डोटीमा विद्यालयमै पुगेर प्रहरीले सचेतना दिन थालेको छ । समाजमा विभिन्न खालका अपराधहरु घटने भएकाले ती अपराधहरु न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर मल्लले जानकारी दिनुभएको छ । समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका माध्यमिक विद्यालयहरुमा अन्तरक्रिया गर्ने र विभिन्न खालका चेतनामूलक कक्षाहरु सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजमा घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढीरहेका छन् । यस्ता घटनाहरुको न्यूनीकरण गर्न बिध्यार्थी लाइ जानकारी गराउने उदेश्यले अभियान सहित जिल्ला का सबै सामुदायिक बिध्यालय मा कार्यक्रम गर्ने बताउनुभएको छ ।

Sayalb

बिध्यार्थीले समाजमा भईरहेका घरेलु हिंसा, लैगिंक हिंसा, बलात्कार जस्ता अपराधको बारेमा प्रहरीलाई जानकारी दिने र प्रहरी ती घटनाहरुमा कानुनी कारवाही गर्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । आज दिपायल सिलगढी नगरपालिका वडा नं ७ मा रहेको दुर्गा आधारभुत बिध्यालय मा एक कार्यक्रम गर्दै सुरु गरेको हो । बिधालय ब्यवस्थापन समिति का अध्यक्ष कर्ण बिष्ट को अध्यक्षयतामा प्रमुख अथिति प्रहरी प्रमुख दान ब. मल्ल लागायत बिध्यार्थी शिक्षक अभिभावक लगायत अन्य समाजसेबि बुद्धि जिबिको उपस्थितमा रहेको थियो।

प्रहरीले थालेको यो अभियानले समाजमा रहेका विकृति अन्त्य गर्नका लागि सहयोग बताएको छ । ‘विद्यालयमा विद्यार्थीहरुसंग गरिने अन्तरक्रियाले ठूलो सहयोग पुग्छ । समाजमा विकृतिका बारेमा उनीहरुलाई जानकारी भएमा यसलाई न्यूनीकरण गर्न उनीहरुले सहयोग गर्न सक्ने बिध्यालय ब्याबस्थापन समिति का अध्यक्ष कर्ण बिष्ट ले बताउनुभयो।’प्रहरीले थालेको यो अभियान ले प्रहरी र समुदायको सम्बन्ध बलियो हुने प्रहरी प्रमुख मल्लले बताउनुभयो।

Shaileshwori
Loading...