बैतडीकी किशोरीको हत्याका दोषीलाई कारबाही गर्न अनेरास्ववियु डोटीेको माग

डोटी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन डोटीले बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले भट्टको हत्या प्रकरणमा आफ्नो घम्भिर ध्यानाकर्षण भएको बताउदैँ कावार्हीको माग गरेको हो ।

अनेरास्ववियुका डोटी संयोजक विर वहादुर बिष्ट र सहसंयोजक प्रकाश जोशीद्धारा हस्ताक्षिरित प्रेस विज्ञप्तिमा दोषीलाई कारबाही माग गर्नुका साथै मृतक प्रति श्रद्धाञ्जली र मृतकको परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
