१७ वर्षीया किसोरी हत्याका दोषीलाई कारबाहीको माग गर्दै डोटीमा प्रदर्शन

गणेश मौनी/डोटी
बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणलाई अनुसन्धान गरि दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै डोटीमा बिद्यार्थिहरुले प्रदर्शन गरेको छ ।
डोटी बहुमुखी क्याम्पस डोटीमा अध्ययनरत बिद्यार्थिहरुले भागरथी मृत फेला परेको पाचँ दिन भईसक्दा समेत दोषीलाई पत्ता लगाउन नसक्नु प्रहरी प्रशासनको कमजोरी रहेको बताएका छन् ।


बिद्यार्थिहरुले क्याम्पस हाताबाट जुलुस निकाली जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय अघाडी कोण सभाको आयोजना गरेका थिए ।
कोष सभालाई सम्बोधन गर्दै बिद्यार्थि नेताहरुले कंचनपुरमा दुई वर्ष अघाडी भएको निमर्ता पन्तहत्या प्रकरण र पाचँ दिन अघाडी बैतडीको दोगडाकेदारमा भएको भागरथी भट्टको हत्याप्रकरणलाई पत्ता लगाई दोषीलाई कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

Sayalb


सभालाई सम्बोधन गर्दै बिद्यार्थि नेता रोशनी जाशीले देशका जुनसुकै कुनामा महिला माथी हिंसाका घटना हुनु भनेको हाम्रै दिदीबहीनी माथी हुनु सरह भएकोले टुलुटुलु हेरेर बस्न नसक्ने बताईन् । सरकारले चाडो भन्दा चाडो दोषीलाई पत्ता लगाई कारबाही गनुपर्ने माग गरिन। यस्ता घटना चाडो पत्ता लगाउन नसके बिद्यार्थीहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिईन् ।


दोषीलाई चाडो पत्ता लगाई हदै सम्मको कारबाही हुनुपर्ने अर्का बिद्यार्थि नेता प्रकाश जोशीले बताए । उनले भने महिला माथी दिनानु दिन यस्ता घटनाहुनु दुभाग्र्य हो यस्ता घटना छानबिनमा सरकारले तदारुकता देखाउनु पर्ने बताए ।
कोण सभालाई डोटी क्याम्पसमा अध्ययनरत अन्य बिद्यार्थि डम्मरी ढाँट, दिपेन्द्र ओझा, मनमोहन ठकुल्ला र बिर बहादुर बिस्टले पनि सम्बोधन गरेका थिए ।

Shaileshwori
Loading...