केबी साउँदद्धारा ९ बर्षमा २७ सय जनालाई ‘न्यानो लुगा’ सहयोग

कर्ण चन्द

समाजसेबी खगेन्द्रबहादुर साउँदले दिपायल सिलगढी नगरपालिका भित्र ९ बर्षमा दुई हजार सात सय जनालाई ‘न्यानो लुगा’ प्रदान गरेका छन् । ०६८ साल देखी बृद्ध, एकल, अपाङ्ग तथा असाहयका लागी जाडोमा ‘न्यानो लुगा’ निरन्त रुपमा प्रदान गर्दैै आएका छन् ।
मंगलबार समाजसेबी खगेन्द्रबहादुर साउँदले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुर र वडा नं. ५ घोल्ताडामा न्यानो लुगा बितरण गर्न भएको छ । ९ बर्ष देखी बृद्ध, एकल, अपाङ्ग तथा असाहयका लागी जाडोमा ‘न्यानो लुगा’ निरन्तर बितरण गर्दै आएका छन् ।

Sagan sahari bhawan nirman aayojana


वडा नं. ५ घोल्तडामा १५ जनालाई बितरण गरिएको छ भने राजपुरमा ३५ जनागरी ५० जनालाई ‘न्यानो लुगा’ बितरण गरिएको समाजसेबी खगेन्द्रबहादुर साउँदले जानकारी दिनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाकाका प्रदेश कमिटि सदस्य रहेका साउँदले दिपायल सिलगढी नगरपालिकामा प्रत्येक बर्ष ३ सय जनालाई प्रदान गरिने ‘न्यानो लुगा’ यस बर्ष पनि टोल–टोलमा बितरण गरेका छन । प्रत्येक बर्ष फरक ब्यक्तीलाई सहयोग गर्ने उदेश्यका साथ बिगत बर्षमा वडाको छनौटमा बितरण हुँदै आएकोमा यस बर्ष नगरपालिका भित्रका केही वडा छनौटगरी सञ्चालन गरिएको हो । उक्त अभियानका क्रममा बिष्ट जलरल स्टोरका सञ्चालक रामबहादुर बिष्टले ५० जनालाई ब्रस, साबुन र पेष्ट पनि सहयोग गरेका छन् ।
आफ्ना आमा बुवाको सेवा गर्न नपाएपनी अरु सबै आमा बुवासंग सहयोग गर्न पाउँदा खुसी लागेको खगेन्द्रबहादुर साउँदले बताए । समाजसेबी केबी साउँदको अध्यक्षतामा दुई ठाउँमा सञ्चालन भएको कार्यक्तममा वडा नं. ४ राजपुरमा दिपायल सिलगढी नगरपाmिकाका प्रबक्ता कर्ण बिष्ट प्रमुख अतिथी रहनु भएको थियो भने, वडा नं. ५ घोल्ताडामा आयोजनामा गरिएको कार्यक्रममा प्रेस संगठन डोटीका संयोजक कर्ण चन्द प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन असोक सोबले गर्नु भएको थियो ।

Shaileshwori
Loading...