जनयुद्धका सपना पूरा गर्न पार्टी एकता आबश्यक : मल्ल

डोटी : जनयुद्धका सपना पूरा गर्न पार्टी एकता र शसक्त बनाएर लैजान आबश्यक रहेको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीको आयोजनामा २६औँ जनयुद्ध दिवस कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले बताउनु मनाएको छ । जनयुद्धबाट नेपाली राजनितीमा परिबर्तन र त्यसबाट प्राप्त उपलब्धिका रक्षा गर्न आबश्यक रहेको अध्यक्ष मल्लले बताए ।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरू गरेको सम्झनामा जनयुद्ध दिवस मनाईएको हो । रोल्पा, रूकुम र सिन्धुलीमा तीन वटा प्रहरी चौकीमा आकर्मणगरी निरंकुश राजतन्त्र अत्यन्त गर्ने उदघोष गरेर सुरू गरेको जनयुद्धबाट राजतन्त्रको अन्त्य, संबिधान सभाबाट संबिधान, संघियता, समाबेशी जस्ता दर्जनौं महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको नेकपा डोटी सचिब जंग बिक शैलेन्द्रले बताउनु भएको छ ।

जनयुद्धका क्रममा भएका केही साना कमजोरीका कारण जनयुद्धबाट प्राप्त मुल उपलब्धि ओझेलमा पार्ने कोशिस भएपनि सत्य ईतिहासलाई कसैले पनि ओझेलमा पार्न नसक्ने बिकले बताउनु भयो ।
जनयुद्धबाट प्राप्त उपलब्धि बर्तमान सरकारले अपहरण गर्ने काम गरिरहेको हुँदा दत्तचित्त भएर त्यसको प्रतिवाद गर्न आबश्यक रहेको नेकपा डोटीका कार्यदल सदस्य मञ्जु मलासीले बताउनु भयो । महिला, दलित जनजाति तथा बर्गिय परिबर्तनमा जनयुद्धको महत्त्वपूर्ण भूमिका रहेको नेकपा डोटि सचिवालय सदस्य शशी सोबले बताउनु भयो ।
