के आई सिंह गाउँपालिका वडा नम्बर ४ मा पुग्यो पहिलो पटक बस

सिता महता डोटी- डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ४ वायलमा पहिलो पटक बस पुगेको छ ।
बस पुगेपछि आज बसको उद्घाटन गरिएको छ । केआई सिंह गाउँपालिकाको आयोजना, केआई सिंह गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्षको अध्यक्षता, गाँउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा र गाँउपालिकाका उपाध्यक्ष मीना बिष्टको बिशिष्ट आतिथ्यतामा आज बसको उद्घाटन गरिएको हो ।
सुदुरपश्चिम यातायातका दुई ओटा र शैलेश्वरी यातायातको एउटा बस गरी तीन ओटा बस पुगेका हुन । उद्घाटन कार्यक्रममा बाजागाजा सहित स्थानियहरुले पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो ।

गाउँमा पहिलो पटक बस पुगेपछि स्थानियहरु खुशि भएका छन । दिपायलदेखि वायलसम्मको २२ किलोमिटरको सडकमा पहिले तीन सयदेखि पाँच सयसम्म भाडादर कायम गरिएको भए पनि अबदेखि एक सय ७० भाडादर कायम गरिएको सार्बजनिक यातायात समिति डोटीका अध्यक्ष गणेश मलासीले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले अबदेखि बाह्रै महिना सेवा सुचारु ग्र्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । विगतका बर्षहरुमा त्यहाँका स्थानीयहरुले जिपको यात्रा गदै आईरहेकोमा अव बस पुगेपछि स्थानीयमा खुसी छाएको छ । अब हरेक दिन बिहान धनगढीबाट वायलसम्म नियमित बस सेवा सुचारु हुने भएको छ ।
कार्यक्रममा बिभिन्न पदाधिकारी, बिभिन्न वडाका जनप्रतिनीधि, स्थानिय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
