दलित एकता समाज नेपाल भारत गठन, अध्यक्षमा परियार सर्वसम्मत चयन

प्रेम नेपाली /डोटी
भारतको कर्नाटक राज्यमा नेपालीहरुले दलित एकता समाज नेपाल भारत नामक एक संस्था स्थापना गरेका छन । भारतमा रहेका नेपाली दलितहरूलाई एकतावद्ध मनाउने, नेपालीहरुलाई नेपाल भारत तथा अन्य ठाउँमा आपत बिपतको बेला सहयोग गर्ने, बिषेश गरि सुदुरपश्चिममा रहेका मौलिक कला सस्कृतिको संरक्षण तथा सम्वर्दन गर्ने र दलितहरु माथी भैरहेको जातिय विभेद तथा थिचोमिचो लगायतका कुरिती कुसंस्कारहरु हटाउनमा मदत पुर्याउने मुख्य उदेश्य बोकेर यस संस्थाको स्थापना गरिएको नवगठित दलित एकता समाज नेपाल भारत कर्नाटक राज्यका उपाध्यक्ष प्रकाश नेपालीले जानकारी दिए ।

Sayalb

जसको अध्यक्षमा जीवन परियार, उपाध्यक्ष प्रकाश नेपाली, सह-उपाध्यक्ष नरे नेपाली, सचिव राजेन्द्र नेपाली, सह-सचीव सुरेश नेपाली, कोषाध्यक्ष राजु नेपाल , सह-कोषाध्यक्ष राधा नेपाली, कला प्रमुख राजेश नेपाली, सहायक प्रमुख अम्मर नेपाली, सल्लाहकार संयोजक भुवन नेपाली, सह-सल्लाहकार करन नेपाली, सल्लाहकार बिर्मा नेपाली, जोगेनी नेपाली, मनमती नेपाली गरि हाललाई चौध जनाको कार्यसमिति मनाईएको छ भने आवस्यक परेको खण्डमा कार्यसमिति अझ बढी सदस्यीय मनाउने जनाइएको छ । यो संस्थाले बिस्तारै अन्य ठाउँहरुमा पनि आफ्नो शाखा बिस्तार गर्ने अध्यक्ष जीवन परियारले बताए ।

Shaileshwori
Loading...