नेपाल पत्रकार महासंघ डोटी शाखा सम्मानित

डोटी : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघ डोटी शाखालाई सम्मान गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशील पत्रकार महासंघका गतिविधिहरुलाई व्यापक र प्रभावकारी बनाउँन योगदान पु¥याएको भन्दै डोटी शाखालाई आफ्नो २६ औं महाधिवेशनको अवसरमा डोटी शाखालाई सम्मान गरेको हो । कार्यक्रममा उक्त सम्मान शाखाका अध्यक्ष योगेन्द्र बलायरलाई हस्तान्तरण गरिएको छ ।

