भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो । भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताउनुभयो ।
उनी विरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताउनुभयो । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरी समेत दिएको उहाँले जानकारी दिनुभयो । यही माघ २० गते बिद्यालय घर नफर्के पछि खोजी गर्दा २१ गते बिहीवार साँझ ५ बजेतिर स्थानीय लबलेक सामुदायिक बनमा मृत भेटिनुभएको थियो ।