लैङ्गिक समानता निति निर्माणको मस्यौदाको पहिलो चरणको छलफल
नरेश बोगटी /डोटी
डोटीको दिपायल शिलगढी नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निति निर्माण २०७७ को मस्यौदाको पहिलो चरणको छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ । दिपायल शिलगढी नगरपालिकाको क्षमता बिकास परियोजना अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जुरी नेपालसंगको सहकार्यमा आयोजना गरिएको हो ।
कार्यक्रममा सम्पन्न भएका नितिले नगरपालिका भित्र सामाजिक,आर्थिक,राजनैतिक, सांस्कृतिक अवसरहरूमा समान लैङ्गिक सहभागिता सुनिश्चित गरी लैङ्गिक मूलप्रवाहिकरण र सशक्तिकरण गर्ने तथा नेतृत्वदायी भूमिकामा प्रतिफल र लाभ उपभोगमा समान अधिकार सुनिश्चिततकाका लागि समाजमा रहेका कुरीतीजन्य तथा हानीकारक परम्परागत अभ्यासहरूका कारण महिला तथा बालबालिकाहरूले भोग्नु परेका दुर्व्यवहार तथा हिंसा अन्त्य गर्ने लक्ष्य राखेको एवम् सो नीतीले सबै बर्ग क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने भएकोले यस्को आवश्यकता नगरमा रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटी अन्तर्गत दिपायल शिलगढी नगरपालिकाकि सामुदायिक विकास अधिकृत गोमती श्रेष्ठले बताउनुभयो ।
बुधबार सम्पन्न भएको पहिलो चरणको छलफलकामा नगरप्रमुख,उपप्रमुख, प्रमुख प्रशाशकीय अधिकृत,मस्यौदा समीती सदस्यहरु, कार्यपालीका सदस्यहरु र बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।