डोटीमा एक महिला मृत अबस्थामा फेला

Sagan sahari bhawan nirman aayojana

डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. २ पुनेपाटामा एक महिला मृत अबस्थामा फेला परेकी छन् । पुनेपाटा निवासी प्रकाश नागरी की २३ बर्षिय श्रीमती मिना आउजी घरमै मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
शुक्रबार बिहानै आउजी मृत अबस्थामा भेटिएको पारिवारीक श्रोतले जानकारी दिएको छ । डेढ बर्ष पहिला प्रेम बिवाह गरेकी आउजी बिहान मृत अबस्था भेटिएकी हुन ।
बिहिबार राती मुटु दुख्यो भन्दै सुतेको र बिहान उठ्दा मृत अबस्थामा भेटिएको परिवारले प्रारम्भीक जानकारी दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दानबहादुर मल्लले बताए ।
लासको शबको घाउचोट प्रकृती हेर्दा चोट पटक नदेखिएको र अन्य परिक्षण तथा पोष्ट मार्टमको लागी जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भईरहेको प्रहरी उपरिक्षक मल्लले बताए ।
मृतक मिना आउजी श्रीमान् संग सम्बन्ध बिग्रीएको भन्दै यस अघी डेढ महिना माईतमा बसेकी थिईन् । पारिवारीक सम्बन्ध ठिक नरहेको भन्दै माईती पक्षले भने हत्याको आंशका रहेको मृतक मिनाका बुवा दुलई आउजीले बताए ।

Shaileshwori
Loading...