डोटीको दाङ देखि धनगढी बस सेवा सुरु

विक्रम खड्का /डोटी
डोटी जिल्लाको दाङ देखि धनगढी सम्म बस सेवा सुरु भएको छ । शैलेश्वरि डोटी सार्वजनिक यातायात प्रा.ली. र सुन्दर सुदुरपश्चिम यातायात प्रा.ली ले संयुक्त रुपमा दिवा तथा रात्रीकालीन सेवा दिने शैलेश्वरि यातायात प्रा.लीका अध्यक्ष गणेश मलासीले वताउनु भएको छ । वस सेवाको एक औपचारिक कार्यक्रम विच सुदुरपश्चिम प्रदेश सभा सदश्य तथा कार्यक्रमका प्रमुख अतिथि भरत बहादुर खड्काले उद्घाटन गर्नु भएको छ ।

Sagan sahari bhawan nirman aayojana

कार्यक्रममा बोल्दै प्रदेश सभा सदश्य खड्काले शान्तिनगर नारिदान सडको सिलन्यास आफैले गरेको र वस सेवाको सुरुवात पनि आफैले गर्न पाउँदा खुसि भएको वताउनु भयो । साथै खड्काले वस सेवा निरन्त सञ्चालन हुनका लागि आम नागरिकको भुमिका महत्वपूर्ण रहने समेत वताउनु भयो । दिपायल सिलगढी वडा नम्वर ८ लडागडाको आयोजना तथा वडा अध्यक्ष राम वहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा शैलेश्वरि यातायात प्रा.ली. र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लीका पदाधिकारि, यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैनिक दल, स्थानीय जनता र पत्रकारको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...