सम विकास केन्द्रको अर्ध बार्षिक समिक्षा सम्पन्न

Sayalb

सम विकास केन्द्र(ई.डि.सि) नेपाल संस्था मार्फत सञ्चालित परियोजनाको समिक्षा गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा संचालीत विभिन्न कार्यक्रमहरुको अर्ध बार्षिक कार्य प्रगतिको सिकाई र समिक्षा बैठक सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अधिराज बिसीको अध्यक्षतामा सञ्चालन भएको बैठकले अर्धबार्षिक कार्य प्रगति सिकाई समिक्षा ६ महिनामा भएका प्रगति गरिएका क्रियाकलाप, भएको सिकाई तथा कार्यक्रम संचालन गर्ने क्रममा आएका समस्या तथा चुनौतीहरुको बारेमा छलफल गरिएको सूचना अधिकारी पदम मिजारले जानकारी दिनु भएको छ ।
अर्ध बार्षिक कार्य प्रगति सिकाई समिक्षामा बैठकमा निष्कर्षको रुपमा स्थानिय निकायसंग नजिकको समन्वय सहकार्य, गर्ने र समुदायका लागि समुदायबाट नै समुदायको सवालमा आवाज उठाएर स्थानिय निकायलाई सम्बोधनका लागि दबाव दिने अवस्थाको सृजनामा संस्थाको पहल रहने र सधै समुदाय प्रति उत्तरदायि रहनु पर्ने निश्कर्ष रहेको छ ।

Shaileshwori
Loading...