अखिल नेपाल महिला संघ डोटीद्धारा प्रधानमन्त्रिको कदम विरुद्ध प्रर्दसन

तेजु ओली/ डोटी
देशलाई निरङ्कुसताको पन्जाबाट मुक्त गर्ने नेपालको इतिहासमा महिलाको योगदान अतुलनीय रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । असंबैधानीक अलोकतान्त्रिक संसद बिघठन तथा केपि ओलिको स्वैच्छाचारी, प्रतिगामी कदमका विरुद्ध अखिल नेपाल महिला संघ डोटीले आयोजना गरेको बिरोध प्रदर्शनका क्रममा जिल्ला सदरमुकाम सिलगढी डोटीमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् । अखिल नेपाल महिला संघ डोटीको आयोजनामा जिल्ला प्रशासन कार्यालय अघि आज नारा सहित कोण सभा कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्री के पी शर्मा ओलीले संसद बिघटन गरेर महिलाको योगदान नेपाली जनताको त्याग तपस्यालाइ पानीमा मिसाएको महिला नेतृ तथा दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले बताउनुभयो। उक्त कार्यक्रम जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल, बोगटान फुडसील गाउँपालिका उप प्रमुख भगवती बम, जिल्ला समन्वय समिति उप प्रमुख ससि सोप लगायतका नेता तथा कार्यकर्ताले बोलेका थिए । जिल्ला भरिका महिलाहरुको सहभागितामा बोल्ने अधिकांश वक्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन पुन स्थापना हुनु पर्नेमा जोड दिनु भएको थियो ।
