सांस्कृतिक र जनचेतनामुलक कार्यक्रम सम्पन्न
बिक्रम खड्का / डोटी
“हामी सबैको एकिब्दत्ता, बालविवाह न्युनिकरणमा बिद्यार्थीको भुमिका“ भन्ने मुल नाराका साथ अभिभावक भेला तथा वालविवाह न्युनिकरण सम्बन्धी सांस्कृतिक र जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सुनादेवि माध्यामिक विद्यालयको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय लडागडाको आर्थिक सहयोगमा शुनादेवि माविको प्राङ्गणमा एक औपचारिक कार्यक्रमका विच अभिभावक भेला तथा वालविवाह न्युनिकरण सम्बन्धी सांस्कृतिक र जनचेतनामुलक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर साउदको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष राम वहादुर खड्का, विशिष्ट अतिथिमा सुनादेवि माध्यमिक विद्यालयका भुतपुर्व प्रध्यापक केसव राज पाठक, वडा सदस्य डिल्लि कडायत, राम वहादुर साउद, विद्यालयका प्राद्यापक नवराज पाठक, शिक्षक अभिभावक संघका अध्यक्ष गोपि साउद र अतिथिमा विद्यालयका सदस्य तिरमल कडायत, गोरख कडायत, अभिभावकहरु, शिक्षक, विद्यार्थी समाजसेवीको उपस्थिति रहेको थियो । विद्यालयका विद्यार्थीहरुले विषेशः वालविवाह न्युनिकरण सम्बन्धी एकल र सामुहिक प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा आउनु भएका अतिथिलाई स्वागतका लागि स्वागत मन्तब्य विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण कडायतले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक यज्ञराज जोशिले गर्नु भएको थियो ।