दलित मोर्चा डोटीद्धारा प्रधानमन्त्रिको कदम विरुद्ध विरोध प्रदर्शन
डोटी : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको विरुद्धमा दलित मोर्चा डोटीले पनि विरोध प्रदर्शन गरेको छ । आज जिल्ला प्रशासन कार्यालय अघाडी नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड(नेपाल पक्षिय दलित मोर्चा डोटीले प्रतिगमन मुर्दावाद लगाएका विभिन्न नारा लगाउदै बिरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले संसद पुनर्स्थापना हुनु पर्ने उनिहरुले माग गरेका छन् ।