सामुदायिक रेडियो त्रिबेणी एफ.एम आजबाट ११ औं बर्षमा प्रवेश

डोटी : त्रिबेणी मिडिया नेटवर्क डोटीद्धारा सञ्चालित सामुदायिक रेडियो त्रिबेणी एफ.एम आजबाट ११ औँ बर्षमा प्रवेश गरेको छ । डोटीमा संचारमाध्यमको रुपमा छापाप्रकाशनहरुमा मात्र भएको समयमा त्रिबेणी एफएमले आफ्नो प्रशारण सुरु गरेको थियो । तत समय देखी नै विभिन्न आरोहअबरोहपार पर्दै ११ औँ वर्षसम्म पुग्नमा हाम्रा श्रोता, विज्ञापनदाता, सुभचिन्तक सुवेच्छुहरुको अपार माया ममताका कारण हामी यहाँ सम्म पुग्न सकेको त्रिबेणी एफएमका अध्यक्ष विक्रम साँउदले बताउनु भएको छ । त्यस्तै साउदले रेडियोलाई माया, सहयोग, सद्भाव गर्ने सम्पुर्ण श्रोता, विज्ञापनदाता, सुभचिन्तकहरुलाई धन्यवाद समेत दिनु भएको छ ।


९४.४ मेगाहर्जबाट प्रसारण भई रहेको त्रिबेणी रेडियोले सुदुरपश्चिमका डोटी, डडेल्धुरा, अछाम, बझांग, दार्चुला, बैतडी लगायतका जिल्लाका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लामा सुचना तथा सञ्चार क्षेत्रमा सेवा पु¥याउदै आएको छ । त्यस्तै त्रिबेणी एफएम हाम्रो पात्रो मार्फत विश्वभर प्रशारण हुँदै आएको छ । निष्पक्ष रुपमा सन्तुलित समाचार, ज्ञानवर्दक कार्यक्रम, मनोरन्जन, सुचना आदि प्रसारण गर्दै आएको छ ।

