आयुर्बेद स्वास्थ्य केन्द्र डोटीको आयोजनामा सञ्चालीत ३ दिने आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

तेजु ओली/डोटी – जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र डोटीको आयोजनामा सञ्चालीत ३ दिने आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । दिपायल मा सञ्चालन भएको तालीममा आयुर्बेद सम्बन्धि दिन चर्या, योगध्यान, कटीबस्ती,सबाङ्ग लगाएत प्रयोगात्मक कक्षा र सैदान्तिक अवधारणा का बारेमा जानकारी गराइएको कार्यालय का प्रमुख बिध्या देउवा घिमिरे ले जानकारी दिनुभएको छ । आयुर्बेद औषधालयका कर्मचारीको क्षमता अभिबृद्घि गर्ने उदेश्यले तालीमको आयोजना गेरको कार्यालय ले जनाएको छ ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले थप आफ्ना शाखा बिस्तार गरेको जनाएको छ । पछिल्लो समय दिनकै ७० र८० जना सेवागा्रहिहरु आयुर्बेदीक औषधि लिन आउने गरेको कर्मचारीहरुले बताएका छन् । तालिम कार्यक्रममा विभिन्न स्थानीय तहका आयुर्वेदका कर्मचारीलाई सहभागीता रहेको थियो ।
नसर्ने रोगहरुलाई जीबनशैली कार्यक्रमहरु गदै जिल्ला आयुर्बेद स्वास्थ्य केन्दले प्रेशर , सुगरका बीरामीहरु लगाएतका बिरामीहरुलाई समेत सेवा दिदै आएको छ । ९ गते देखि दिपायल मा रहेको एक होटेलमा तिन दिन सम्म सन्चालन रहेको उक्त लातिमको अध्यक्षता जिल्ला आयोर्दबेद कार्यालय प्रमुख बिध्या देउवा घिमिरे हुनुहुन्थ्यो भने डाक्टर रोशन बास्कोटा र खगेन्द्र उपाध्यय ले प्रशिक्षण दिनुभएको थियो।
