नेकपा डोटी-काठमाण्डौं सम्पर्क मञ्च संयोजकमा खड्का

नेकपा डोटी-काठमाण्डौं सम्पर्क मञ्च संयोजकमा खड्का

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटी-काठमाण्डौं सम्पर्क मञ्चको संयोजकमा पुर्ण खड्का चयन भएका छन । प्रचण्ड नेपाल समहुको पेरिशडाँढामा आयोजना गरिएको भेलामा संयोजकमा खड्का र सह-संयोजकमा खडक अग्रवाल चयन भएको नेकपाका नेता सागर भट्टले जानकारी दिनु भएको छ ।
नेकपा नेता सागर भट्टको अध्यक्षतामा सञ्चालन भएको भेलाबाट ९ सदस्यीय तर्दथ समिति गठन गरिएको हो । नेकपा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भिमबहादुर रावल प्रमुख अतिथी र प्रदेश कमिटि सदस्य हर्कबहादुर सिंहको बिशिष्ट आतिथ्यतामा समिति गठन गरिएको हो । काम तथा पढाईको शिलसिलामा काठमाण्डौंमा रहेका नेकपा सर्मथक ब्यक्तीहरुको संगठनको रुपमा लामो समय देखी डोटी-काठमाण्डौं सम्पर्क सञ्च क्रियाशिल रहेको छ ।

Sayalb

Shaileshwori
Loading...