डोटीको सायलका २५ जनालाई बाख्रा वितरण
डोटी: डोटीको सायल गाँपालिका वडा नम्वर १ मा एक कार्यक्रमका बिच बाख्रा वितरण गरिएको छ । आज वडाको कौरडीमा रहेको जुनतारा बाख्रा पालन समुहका दलित महिला, एकल दलित महिला, एकल महिला र न्युन आय भएका महिला गरि २५ जनालाई प्रति व्यक्ति दुई बाख्राका दरले ५० बाख्रा वितरण गरिएको लगनशिल साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सृजना डुम्रेलले जानकारी दिनुभयो । सायल गाउँपालिका पशुसेवाको आर्थिक सहयोमा सहकारी संस्थाको सहजिकरणमा उक्त संख्यामा बाख्रा वितरण गरिएको हो ।
पहिलो चरमा ५० बाख्रा वितरण गरिएको र केहि दिनमै दोस्रो चरण अन्तर्गत वडा नम्वर २ को सिर्मामा पनि ५० बाख्रा वितरण गरिने सहकारीका अध्यक्ष डुम्रेलले बताउनु भयो । निशुल्का बाख्रा पाएपछि स्थानिय खुसि भएको स्थानिय तेज डुम्रेलले बताउनु भयो । उनिहरुको आयआर्जनमा वृद्धि होस् भन्ने उदेश्यले बाख्रा वितरण गरिएको सहकारी संस्थाले जनाएको छ । बाख्रा वितरण कार्यक्रमको प्रमुख अथितिमा वडा सदस्य विर बहादुर रोकाया रहनु भएको थियो ।