बालविवाह न्युनिकरण सम्बन्धि साँस्कृति कार्यक्रम

रौवा युबा क्लब (आरवाईसि) संस्था डोटि द्वारा आयोजित बाल बिबाह अन्त्य गरौ भन्न्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सायल गाउँपालिका का अध्यक्ष तेज बहादुर डुम्रेल को प्रमुख अतिथ्यतामा रौवा युबा क्लब का अध्यक्ष सुसील सिहको अध्यक्षातामा  गाउँ पालीका स्तरीय बालबिवाह न्युनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। सायल गाउँ पालीका वडा नं  ४ मा रहेको जनता जनार्दन माध्यमिक विद्यालय मा गाउँ पालिका स्तरीय कार्यक्रम भएको अध्यक्ष सुसील सिहले जानकारी दिनुभएको छ। गाउँ पालीका का बिभिन्न बिध्यालय का बिधार्थी हरुले बालबिवाह सम्बन्धि नाटक डेउडा गित नाटक प्रस्तुत गरेका थिए।

Sayalb

कार्यक्रममा बोल्दै कल्बका अध्यक्ष सिहले सायल गाउपालीका मा कोहि कसैले पनि  बिबाह गर्‍यको १५ दिन भित्र बिबाह दर्ता गर्नु पर्ने यदि बाल बिबाह भएको छ भन्य कानुनि कार्बाही गर्नको लागि गाउँ पालिका ले लाग्नु पर्ने बताउनु भयो।धेरै जसो बिबाह गरेको केहि समयमै भारत जाने चलन भएकाले बाल बिबाह ले समाजमा आर्थिक शैक्षिक क्षेत्रमा धेरै समयसम्म भएको बताउनु भयो  ।

 कार्यक्रम मा बोल्दै गाउँ पालिका का अध्यक्ष तेज डुम्रेलले गाउँ पालिका का‌लाइ बालविवाह मुक्त गाउँ पालीका बनाउने अभियान मा यस्ता कल्ब समुहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । साथै सबै वडा मा कार्यक्रम को आयोजना गरेर जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

Shaileshwori
Loading...