ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० भन्दा बढी घर जले

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ । मंगलवार विहान ९ बजेबाट सुरु भएको आगलागी अझै पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । आगलागिबाट ४० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

Sayalb

तमोर नदिको किनारामा रहेको दोभान बजार ताप्लेजुङको दोस्रो ठुलो बजार हो । आगो नियन्त्रणका लागि केही घर भत्काईएको स्थानियले बताएका छन् । घरहरू भत्काइए पछि थप घरहरू आगोको जोखिमबाट जोगिएका छन् । आगो पुर्ण रुपमा नियन्त्रणमा नआएको भए पनि थप क्षति हुने सम्भावना भने नरहेको बताईएको छ ।

आगो नियन्त्रणमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् । घरहरूमा अलैँचीको गोदाम लगायत अन्य पसलहरू पनि भएकाले ठूलो क्षति भएको हो । यद्यपि क्षतिको विवरण भने एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । विद्युत सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Shaileshwori
Loading...