विप्लवसँग वार्ता गर्न सरकारद्धारा टोली गठन

काठमाडौँ : २०७५ साल फागुन २८ गते प्रतिवन्ध लागईएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासंग सरकारले वार्ता गर्ने भएको छ । ‘विप्लव’ संग वार्ताका लागि सरकारले दुई सदस्यीय वार्ता टोलि गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।

वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दिईएको छ । त्यस्तै सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका हुन् ।
