डोटीमा फोरजी वायर लेस होम ब्रोड व्यान्ड सिम सञ्चालन

डोटी : डोटीमा नेपाल टेलिकमले फोरजी वायर लेस होम ब्रोड व्यान्ड सिम सञ्चालनमा ल्याएको छ ।  फोरजी वायर लेस सिममा विशुद्ध ईन्टरनेट सेवा रहेको छ । डोटी जिल्लाका केही ठाउँ बाहेक अधिकांस ठाउँमा वाईफाई सेवाको लाईन पुगेको छैन् जसको कारण सर्वसाधारणले मोवाईल बाटै ईन्टरनेट चलाउने गरेका छन् । फोरजी वायर लेस सिमले सर्वसारधरणको समस्या समधान गर्ने नेपाल टेलिकम जिल्ला कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख भिम थापाले जानकारी दिनु भएको छ । उक्त सिममा वाईफाई को जस्तो सुविधा रहेको उहाँले बताउनु भयो ।

Sayalb

निमित्त कार्यालय प्रमुख थापाका अनुसार ग्रामिण भेगमा उक्त सिमको सहयताले ग्राहकले राउटर राखेर अरु मोबाईल, कम्युटर लगायतमा पनि ढुक्कले चलाउन सक्नेछन् । सिममा नौ र १६ सय रुपैँयाको डाटा प्याक रहेको छ । महिनाको नौ सयको ६० जिबी र एक हजार ५ सयको १२० जिबी डाटा प्याक खरिद गर्न सक्ने छन् । उक्त सिम ९० रुपँयामा नेपाल टेलिकमको कार्यालयबाट खरीद गर्न सकिने निमित्त कार्यालय प्रमुख थापाले बताउनु भयो ।

Shaileshwori
Loading...