सेती नदि–६ जलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनिक सुनुवाई

कमल बम /डोटी
सेती नदि–६ जलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय, विधुत विकास विभाग सानोगौचरण, काठमाडौँले बिहिवार बोगटान फुड्सिल गाउँपालिकाको पाङ्घणमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

तिन सय ८ मेगावाट विद्युत उत्पादन हुन सक्ने अनुमान गरिएको उक्त आयोजना पुर्ण रूपमा सम्पन्न गर्नको लागी ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबै भन्दा बढी डोटीकोे बोगटान फुड्सिल गाउँपालिमा क्षेति हुने भएको छ । ८ सय ८४ घरधुरीमा असर पर्ने अध्यनले देखाएको छ जसमा डोटीका मात्र ६ सय ५६ घर रहेका छन् बाँकी २ सय २८ घर अछामका हुन् । चार सय मिटर अग्लो हुने आयोजनाको बाधले अछामकोे मंगलसैन नगरपालिकाका वडा नम्बर ३, ५, र ७, चौरपाटी गाउँपालिकाका १ र २, डोटीको बोगटान फुड्सिल गाउँपालिकाका २, ५, ६, र ७ नम्बर वडामा प्रभाव पार्ने छ । त्यस्तै डोटीकै के.आई.सिंह गाउँपालिकाका २ र ३, दिपायल सिलगढी नगरपालिकाका ७ र ८ पुर्बी चौकी गाउँपालिकाका ५ र ७ नम्बर वडामा प्रभाव पार्नेछ ।

Sayalb

भौतिक वातावरणमा पर्ने प्रमुख असर डुवान हो । डुवान क्षेत्रमा पर्ने ६६४ पक्की घर, २२० कच्ची घर, ७५६ गोठ, १० झुलुङ्गे फुल, ६ वटा खानेपानी आयोजना, १२ वटा घाट, २० वटा मन्दिर, ४ वटा विद्यालय, २ वटा हेल्थ पोस्ट, ३२ हजार ७ सय ९९ बोटबिरुवा, ३ पक्की सडक, कच्ची सडक (३५ कि.मी), सिचाइ ५ योजना, एक पानी घट्टमा प्रभाव पर्ने देखिन्छ । आयोजनाको लागि वन क्षेत्र १०४०.९ हेक्टर, निजि जमिन १८७३.५ हेक्टर (३६ हजार ८२६.४९ रोपनी ), १४६६.१२४ हेक्टर सरकारी जमिन प्रयोग हुनेछ । आयोजनाले एक लाख १४ हजार ६ सय दुई प्रजातिका बोटबिरुवा प्रभावित हुनेछ ।

आयोजनाबाट कम लगानीमा बढी फाइदा हुने वातावरण परामर्शदाता डा.ज्योति प्रसाद गजुरेलले बताउनु भयो । डा. गजुरेलले समग्र प्रदेश र केन्द्रलाई नै फाइदा हुने बताउनु भयो । बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले यहाँको विकासका योजनाहरुमा आफुहरुको पुर्ण सहयोग रहने बताउनु भयो ।

Shaileshwori
Loading...