पत्रकार बागचन्दद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

बिक्रम खड्का /डोटी
नेपाल पत्रकार महासंघका पुर्ब उप सभापति उमिद बागचन्दले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।
बिबिसी नेपाली सेवाका सम्पादक, एफएम डिसिका कार्यकारी निर्देशक बागचन्दले आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैंया सहयोग गरेका हुन् ।

Sayalb

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अबसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि डेढ लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

Shaileshwori
Loading...