नगर प्रमुख वडद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

बिक्रम खड्का/ डोटी
नेपाली कांग्रेसका यूवा नेता एवम् धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।

Sayalb

नगर प्रमुखवडले आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैंया सहयोग गरेका हुन् । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले कोषको स्थापना गरेको थियो । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अबसरमा सहयोग गर्दै आएका छन् ।

स्व. पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा धनगढी उप– महानगर पालिकाका मेयर वडलाई अध्यक्ष बमले धन्यबाद सहित जन्मदिनको शुभकामना दिएका छन् ।

Shaileshwori
Loading...