जितेन्द्र बोहराद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

Sayalb

बिक्रम खड्का /डोटी
जितेन्द्र बोहराले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । ई– रैबार अनलाइनमा आबद्ध प्रेस युनियनका सदस्य तथा मिर्मिरे लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सुडाका शाखा प्रबन्धक समेत रहेका बोहराले आफ्नो जन्मदिनको अवसरमा ५हजार ५ सय ५५ रुपैंया सहयोग गरेका हुन् ।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो ।

Shaileshwori
Loading...