विभिन्न कार्यक्रम गरि मनाईयो बोगटान फुड्सिल गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस

कमल बम/ डोटी
बोगटान फुड्सिल गाउँपालिका डोटीमा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने मुल नारा का साथ प्रगतिशील महिला अधिकार मन्चको आयोजना र बोगटान फुड्सिल गाउपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना , युएमएन, सिड नेपाल डोटीको आर्थिक सहयोगमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । प्रगतिशील महिला अधिकार मञ्चका अध्यक्ष बिमला बमको अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख प्रमुख अथिती बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिला र विशिस्ट अथितीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार रहनु भएको थियो ।

Sayalb

त्यस्तै अथितीमा विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिका साथै चवराचौतारामा रहेका १३ वटा आमा समुहका प्रतिनिधि रहेका थिए । सरसफाइ, जनचेतनामूलक देउडा गित कार्यक्रममा प्रस्तुत गरिएका थिए । साथै मट्को फोर खेल पनि भएको थियो । डेउडा प्रतियोगितामा दुर्गा देबि आमा समुह दाच्का प्रथम, द्धितिय बेताल आमा समुह बन्कटा, तेस्रो नबदुर्गा आमा समुह चनुकडा, चौथो कालिका आमा समुह सुकाटी भएको थियो । प्रथमलाई रु २ हजार, द्धितियलाई १५ सय, तृतियलाई एक हजार र अन्य सम्पुर्ण आमा समुहलाई सान्तोना पुरस्कारका रुपमा रु पाँच सय प्रदान गरिएको थियो ।

Shaileshwori
Loading...