गगुडामा देउडा प्रतियोगिता गर्दै मनाईयो अन्तर्राष्ट्रिय महिला दिवस

किरण धामी /डोटी
डोटीको बोगटन फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडाले महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने मुल आसायका साथ १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । वडा नम्बर ६ को आयोजना, ग्रामिण जलस्रोत व्यस्थापन परियोजना र महिला सञ्जालको आर्थिक सहयोगमा डेउडा प्रतियोगिता गरि महिला दिवस मनाएको स्थानीय जितेन्द्र चन्दले जानकारी दिनु भएको छ । कार्यक्रममा पाँच टिमको सहभागीता रहेको थियो । प्रथमलाई रु १५ सय, द्वतियलाई १२ सय, तृतीयलाई एक हजार र सान्त्वना २ टिमलाई ८/८ सय पुरस्कार वितरण गरिएको थियोे । कार्यक्रमको अध्यक्षता महिला सञ्जाल गगुडाकी अध्यक्ष लक्ष्मी शाह चन्द गर्नु भएको थियोे । त्यस्तै प्रमुख अथिति बोगटान फुड्सिल गाउँपालिकाकि उपाध्यक्ष भगवती देवि बम र विशिष्ट अथितिमा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्र चन्द रहनुभएको थियो ।

Sagan sahari bhawan nirman aayojana

Shaileshwori
Loading...