डोटीमा मैत्रि पुर्ण भलिबल प्रतियोगिता सम्पन्न

तेजु ओली /डोटी
महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा डोटी मा मैत्रि पुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। रुद्रधोज गणको आयोजना मा दिपायल सिलगढी नगरपालिका तथा उधोग वाणिज्य संघ डोटी को सहयोगमा मैत्रिपुर्ण भलिबल प्रतियोगिता को आयोजना गरिएको थियो ।सैनिक र नागरिक सम्बन्ध प्रगाढ बनाउने र डोटी जिल्लामा खेलकुद बिकासमा टेवा पुर्याउने उदेश्यले उक्त खेल संन्चालन गरियको आयोजक गणले जनाएको छ। उक्त खेल मा चारवटा टिमको सहभागिता रहेको थियो। जसमध्ये जिल्ला खेलकुद बिकास समिति बिजय भएको छ । जिल्ला खेलकुद विकास समिति, रुद्र ध्वज गण, शसस्त्र प्रहरी बल नेपाल नमबर ३६ गण डोटी र सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र गरि चार वटा टिम रहेका थिए। फागुन २६ र २७ गते दुइ दिन सन्चालन भएको थियो ।

विजय टिमलाइ खसी ,नगद पुरस्कार,सिल्ड मेडल को पुरस्कार दिइएको थियो । जसमा थप कर्मचारी मिलन केन्द्र र राजनीतिक दलको टिमलाइ पनि खेलाइएको थियो। उक्त खेलमा प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, प्रहरी प्रमुख दान बहादुर मल्ल, लगायत को टिम थियो ।मैत्रिपुर्ण भलिबल खेल्दा रमाइलो भएको यस्ले खेलकुद लाइ बिकास गर्न को लागि टेवा पुर्याउने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो।
जिल्ला सदरमुकाम सिलगढी स्थित स्थानीय टुडिखेलमा सन्चालित कार्यक्रमा दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, बिभिन्न राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी संस्था का सदस्य स्थानीय लगायतको सहभागिता रहेको थियो

