नगर बसमै जन्माइन विष्नाले बच्चा

सरिता कठायत /डोटी
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ घर भएकी विष्ना मलासिले नगर बसमै बच्चा जन्माएकी छन । शिवरात्रीको दिन भएकाले गाडी पाउन मुस्किल थियो । गाडी भेटीए पनि शिवरात्री मेला हेर्नेहरूको घुइँचाले गर्दा एकै छिनमै भरिन्थ्ये । बिहान ११ बजेदेखि सुत्केरी बेथाले च्यापेकी मलासी एक घण्टा सम्म गाडीको प्रखाइमा रोडमै बसेकी थिइन् । एक दुई गाडी त आए सिलगढी जाने तर रोकेनन् बिष्नाका ससुरा वीर बहादुर मलासीले बताए ।

“अघाडी उहाले थप्नुभयो गाउँको एकजनासँग गाडीको लागि कुरा गर्ने प्रयास गरे तर त्यो गाडी जिल्ला बाहिर गएको रहेछ, त्यसपछि जिल्ला अस्पताल डोटीका एम्बुलेन्स चालकलाई फोन गरे मोबाइल सुइचअफ थियो ।” एक घण्टाको गाडीको प्रखाइपछि दिपायल सिलगढी नगरपालिकाको नगर बस आएको र बसमा बसेको २५ मिनेट पछि विष्नाले बच्चा पाएको उनकी सासू खिना देवी मलासीले बताइन् । एम्बुलेन्स चालकको मोबाईल अफ हुनु दुखद भएको उनले बताईन् । उनले सदरमुकाम भएको नगरपालिकामा त यस्तो ईस्तिति छ झन गाउँमा कति दुख होला भन्दै दुखेसो पोखिन् ।
अस्पताल बाट जम्मा छ किलोमिटर मात्रै उहाँको घर टाढा रहेको छ ।
उहाँहरूले आफुहरूले रोक्दा कसैले नरोकेको र एम्बुलेन्स चालकलाई फोन गर्दा मोबाइल सुइचअफ रहेको बताए पछि नगर बसमा जिल्ला अस्पताल लगेको नगर बसका चालक केशव मल्लले बताए । उनले भने प्यासेन्जर लाई छोडेर डेलिभरि लाई बोक्नत मिल्दैन तर अफ्ट्यारो परेको बेला सहयोग गर्न किन मिल्दैन भन्ने धारणाले बसमा लगेको मल्लले बताए । अस्पताल पुग्नु भन्दा छ मिनेट अगाडि नै बसमा बच्चा जन्मिसकेको सिनेर अनमी अम्बिका थापा केशीले बताउनुभयो । उहाँले बच्चाको नाबी बस भित्रै काटेको र साल अस्पताल पुगेर काटेको बताउनु भयोे । आमा र बच्चाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उहाले बताउनुभयो । पहिलाको एम्बुलेन्स चालकले एम्बुलेन्स चलाउन छाडेको भएर मोबाइल अफ रहेको जिल्ला अस्पताल डोटीका ना.सु. लोकेन्द्र बहादुर विष्टले जानकारी दिनुभएको छ । नयाँ एम्बुलेन्स चालकको मोबाइल नम्बर सबैसँग नरहेको हुनाले पुरानै चालकको मोबाइलमा फोन गर्दा अफ रहेको विष्टले बताए ।
